Home मुख्य समाचार गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. श्रेष्ठमाथि हातपात

गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. श्रेष्ठमाथि हातपात

हेटौंडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. क्षितिज श्रेष्ठमाथि हातपात भएको छ । कार्यकक्षमै रहेको समयमा श्रेष्ठमाथि आइतबार दिउँसो हातपात भएको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

श्रेष्ठले आफूमाथि हातपात भएको भनि मकवानपुर प्रहरीमा जाहेरी दिएका थिए । श्रेष्ठले हेटौंडा–४ का रमेश पोडेसहित ५ जनाविरुद्ध जाहेरी दिएको प्रवक्ता भण्डारीले बताउनुभयो । आरोपित पोडेलाई पक्राउ गरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरिएको उहाँले बताउनुभयो । अन्य ४ जनको खोजी कार्य भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘विवादको कारण खुल्न बाँकी रहेको छ, हामीले सोधपुछ गरिरहेका छौँ, अन्यको खोजी कार्य भइरहेको छ ।’

Exit mobile version