Home खेलकुद राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपः छैटौं राउण्डसम्म मकवानपुर दोस्रो स्थानमा

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपः छैटौं राउण्डसम्म मकवानपुर दोस्रो स्थानमा

बुद्धिचाल प्रतियोगितामा मकवानपुरका खेलाडी र ललितपुरका खेलाडीको तस्वीर ।

हेटौँडाः नेपाल बुद्धिचाल महासंघको आयोजना तथा ललितपुर स्पोर्टस् क्लबको सहकार्यमा जारी छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको पाँचौं चरणसम्मको खेलमा दोलखा चेस नेपालले एकल अग्रता लिन सफल भएको छ ।

बुधबार भएको चौथो चारणमा आयोजक ललितपुर स्पोर्टस् क्लबमाथि जित निकालेको थियो भने पाँचौं चरणमा थापाथली पार्क चेस क्लबलाई पराजित गर्दै १० अंकसहित दोलखा एकल अग्रता लिन सफल भएका हो । बुधबारको खेलमा राजन सुवेदीलाई हराउने दोलखाका वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले क्षितिज भण्डारीसँग बराबरी स्थान बनाएका छन् । यस्तै, दोश्रो बोर्डमा प्रतिस्पर्धा गरिरहेका सुश्रुत दहालले सुरोज महर्जनमाथि जित निकालेका छन् भने सुशील चौधरीसँग बराबरी खेल्न सफल भएका छन् । यस्तै, महान नर्सिङले रिसोन थापासँग बराबरी खेले भने सुब्बामाथि विजयी प्राप्त गरे ।

गल्र्स र अण्डर–१६ युवाअन्तर्गत् डब्लुएफए सुजना लोहनीले आयुष देमन रौरालाई पराजित गर्दै अनुपजंग शाहसँग बराबरी खेलेकी छिन् । राष्ट्रिय क्लब टिम च्याम्पियनसिपको मूल मर्म अनुरुप दोलखाका चारै जना खेलाडीहरुले टिमलाई जिताउन महत्वपूर्ण योगदान पु¥याएका छन् । अर्को टिमतर्फ आयोजक ललितपुर स्पोर्टस् क्लब चौथो चरणमा दोलखा चेस होमसँग ०.५–३.५ अंकले पराजित भएपश्चात् पुनः पाँचौं चरणमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई १–३ अंकले पराजित गर्यो र नकआउट चरणमा प्रवेश गर्ने प्रबल सम्भावनालाई जीवित राख्न सफल भएको छ । आयोजक ललितपुरका राजन सुवेदीले पुरुषोत्तम दहालसँग बराबरी गरेका छन् भने सुरोज महर्जनले विक्रम चोकामीलाई हराए । रिसोन थापाले स्वर्णिम दुवाललाई पराजित गरे र आयुष देमन रौराले अभिषेक शाहसँग बराबरी गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए । ललितपुर स्पोर्टस् क्लब ८ अंकसहित दोश्रो स्थानमा रहेको छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघले ललितपुर महानगरपालिकालाई ३–१ ले पराजित गर्दा सीएम कृष्ण थापाले सीएम सजिन महर्जनसँग हार व्यहोरे भने सिन्देश्वर दासले कमल श्रेष्ठलाई, सुदेन टुईटुईले आर्य मुकारुङलाई र अनुशा गौतमले पुनम प्रसाईंलाई पराजित गरे । त्यस्तै, पाँचौं चरणमा मकवानपुर जिल्ला बुद्धिचाल संघका सीएम कृण थापाले गोदावरी नगरपालिकाका धिरेन राईलाई र अनुशा गौतमले शान्ति धिमाललाई हराइन् । सिन्देश्वर दासले सानुभाइ महर्जनसँग बराबरी गर्दा सुदेन टुईटुई सुभम न्यौपानेसँग पराजित भए । मकवानपुर ८ अंकसहित दोश्रो स्थानमा रहेको छ । पाँचौं चरणको नतिजाअनुरुप कोशी प्रदेश चेस संघ र थापाथली चेस पार्क समान ७ अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छन् । भक्तपुर जिल्ला बुद्धिचाल संघ, दोलखा जिल्ला बुद्धिचाल संघ र लुम्बिनी इभेन्ट म्यानेज्मेन्ट समान ६ अंक जोडेर क्रमशः छ्रैटौं, सातौं र आठौं स्थानमा रहेका छन् । प्रतियोगितामा गोदावरी नगरपालिका, पुल्चोक चेस क्लब र कास्की जिल्ला बुद्धिचार संघ समान ५ अंकसहित नवौं, दशौं र एघारौं स्थानमा रहेका छन् ।

आज बिहीबार बिहान सुरु हुने खेलहरुमा मकवानपुर जिल्ला बुद्धिचाल संघले दोलाखा चेस होमसँग, थापाथली पार्क चेस क्लबले ललितपुरसँग, कोशी प्रदेश चेस संघले दोलखा चेस संघसँग, लुम्बिनीले भक्तपुरसँग र कास्कीले गोदावरीसँग प्रतिस्पर्धा गर्नेछन् । सातौं चरणको खेलपश्चात् उत्कृष्ट चार टिमले नकआउट चरणमा प्रवेश गर्नेछन् । जसमा सेमिफाइनलपछि फाइनल प्रवेशसँगै उपाधिका लागि दावेदारी प्रस्तुत गर्नेछन् । प्रतियोगिताका उपाधि विजेता टिमले २ लाख रुपैयाँ, उपविजेत टिमले १ लाख २० हजार रुपैयाँ, तृतीय हुने टिमले ६० हजार रुपैयाँ, चौथो हुने टिमले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Exit mobile version