Home शिक्षा पूर्वविद्यार्थीद्वारा न्यानो कपडा सहयोग

पूर्वविद्यार्थीद्वारा न्यानो कपडा सहयोग

सिद्धार्थ माविका विद्यार्थीहरुको तस्वीर ।

हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माविका पूर्वविद्यार्थी राजुराम राउत र सरोज परियारले विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्नुभएको छ । राउत र परियारले बुधबार विद्यालयमै पुगेर ७५ थान स्वेटर विद्यार्थीलाई वितरण गर्नुभयो । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा वडा अध्यक्ष विष्णु गोपाल महर्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरे, प्रधानाध्यापक मोहनप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version