Home मुख्य समाचार नेपाल शिक्षक संगठनको प्रदेश अधिवेशन आजबाट

नेपाल शिक्षक संगठनको प्रदेश अधिवेशन आजबाट

नेपाल राष्ट्रिय शिक्षक संगठनको ऐतिहासिक प्रथम अधिवेशनको बारेमा जनाकारी गराउनुहुदै संगठनका बागमती प्रदेश समिति अध्यक्ष नीरबहादुर कार्कीे ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठनको ऐतिहासिक प्रथम अधिवेशन आज शुक्रबारबाट हेटौंडामा सुरु हुँदैछ । बिहीबार हेटौंडामा पत्रकार सम्मलेलनको आयोजना गर्दै शिक्षक संगठन बागमती प्रदेश समितिले अधिवेशनबारे जानकारी गराएको हो ।

अधिवेशनको शुक्रबार संगठनका राष्ट्रिय समिति अध्यक्ष विष्णु भण्डारीले उद्घाटन गर्नुहुनेछ । अविधेशन हेटौंडा–४ स्थित रोयल प्यालेसमा बिहान ११ बजे सुरु हुनेछ । शनिबारसम्म चल्ने अधिवेशनमा प्रदेशभित्रका १३ जिल्लाका करिब ६ सय जना प्रतिनिधि सहभागी हुने संगठनका बागमती प्रदेश समिति अध्यक्ष नीरबहादुर कार्कीले बताउनुभयो । अधिवेशनबाट ३५ सदस्यीय बागमती प्रदेश समिति र तीन जना केन्द्रीय प्रतिनिधि निर्वाचित हुने अध्यक्ष कार्कीले बताउनुभयो । प्रदेश कार्यसमिति सकेसम्म सर्वसम्मत चयन हुने र त्यो सम्भव नभएमा निर्वाचन प्रणालीबाट चयन गरिने जनाइएको छ । २०३६ सालमा हेटौंडा–४ स्थित भूटनदेवी माविबाट सुरु भएको संगठनले अहिले गौरवपूर्ण इतिहास बोकेको अध्यक्ष कार्कीको भनाइ छ । त्यसैले प्रदेश अधिवेशन मकवानपुर जिल्लामा आयोजना गरिएको उहाँले बताउनुभयो । शिक्षक संगठन देशकै पेशागत आन्दोलनको पहिलो र अग्रणी संस्था भएको उहाँले बताउनुभयो ।

संगठनले विधि विधान र पद्दतिको मुल जरा टेकेर संस्थागत सक्षमतालाई समेत हासिल गर्दै आएको उहाँले बताउनुभयो । संगठनले शैक्षिक सुधारसँगै शिक्षकहरुको नेतृत्व विकास गर्दै आएको उहाँको भनाइ छ । पत्रकार सम्मलेनमा संगठनका प्रदेश समितिका पदाधिकारी र मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाललगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version