Home मुख्य समाचार बागमती प्रदेश सरकारको निर्णयः भूकम्पपीडितलाई डेढ करोड सहयोग गर्ने, भ्रमण वर्ष २०२४...

बागमती प्रदेश सरकारको निर्णयः भूकम्पपीडितलाई डेढ करोड सहयोग गर्ने, भ्रमण वर्ष २०२४ घोषणा प्रस्ताव पारित

मन्त्रीपरिषद् बैठकमा सहभागी मुख्यमन्त्रीसहित मन्त्रीहरु । फाइल तस्वीर ।

हेटौंडाः जाजरकोट भूकम्पपीडितको राहतका लागि बागमती प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई एक करोड ५० लाख सहयोग गर्ने निर्णय भएको छ । बुधबार बसेको बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले जाजरकोटका भूकम्पपीडितको राहतका लागि सहयोग गर्ने निर्णय भएको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।

प्रदेश सरकारले यसअघि भूकम्पपीडितका लागि सहयोग गर्ने घोषणा गरेको थियो । यस्तै बैठकले संगठन संरचना तथा दरबन्दी तेरिज स्विकृत गरेको छ । बैठकले प्रदेशका अधिकृतस्तर एघारौं तहमा ३ जनालाई बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । जसमा कृषि विकास निर्देशनालय हेटौंडाको प्रमुखमा सुधीर श्रेष्ठ, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र भण्डाराको प्रमुखमा नारायण कुमार श्रेष्ठ र डा. गौरीमान श्रेष्ठलाई पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको निर्देशकको रुपमा पदस्थापना गरिएको सरकारका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै, प्रदेश प्रमुखको कार्यालय सवलीकरण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ विनियोजन गरेको छ । उपसभामुखको अष्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेशआज्ञा (भिसा) सिफारिस गरेको छ । पर्यटन पूर्वाधार संचालन तथा व्यवस्थापन कार्यविधि व्यवस्थापन कार्यविधि २०८० स्विकृत गरेको छ । बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि भएको छ ।

Exit mobile version