Home मुख्य समाचार हाँडीखोलामा निशुल्क दन्त शिविर

हाँडीखोलामा निशुल्क दन्त शिविर

शिविरमा दन्त परीक्षण गर्नुहुँदै एक चिकित्सक ।

हेटौँडाः रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक्ट क्लब अफ हेटौँडाको संयुक्त आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–३, हाँडीखोलामा एकदिने निशुल्क दन्त शिविर आयोजना गरिएको छ । रोटरी कम्युनिटी कप्र्स (आरसिसि) को स्थानीय समन्वय र मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको संयोजनमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा बालबालिकादेखि ८५ वर्षसम्मका बृद्धबृद्धासहित एक सय ८५ जनाले दन्त परीक्षण गराएका थिए । शिविरमा आवश्यकताअनुसार निशुल्क औषधि पनि वितरण गरिएको थियो । एभरेष्ट डेन्टल क्लिनिक र पुजा दाँत घरको प्राविधिक सहयोग तथा डा. मनोज कुमार उपाध्यायको नेतृत्वमा ५ जना दन्त चिकित्सकहरुले दन्त परीक्षण गर्नुभएको थियो ।

Exit mobile version