Home कला सर्लाहीमा चौथो बुढ्यौली साहित्य श्रृंखला

सर्लाहीमा चौथो बुढ्यौली साहित्य श्रृंखला

सर्लाहीको श्रृंखलामा सहभागीहरु ।

हेटौँडाः बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको चौथो श्रृंखला सर्लाही जिल्लाको सीताराम आधारभूत विद्यालय बलरामा सम्पन्न भएको छ । मंगलबार लम्बोदर काफ्लेको सभाध्यक्षता तथा बुढ्यौली साहित्य समाज मकवानपुरका रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्र, दसैं, बुढ्यौली पीडासँगै सामयिक विषयमा कविता, गीत, गजल, हाइकु, लघुकथा वाचन गरिएको थियोे ।

कार्यक्रममा बालकवयित्री प्रतीक्षा साहका साथै वयस्क तथा बुढ्यौली लागेका सञ्जय मित्र, सञ्जय सुदामा, रामचन्द्र कुशवाहा, घनश्याम पन्त, कुसुम दाहाल, चन्द्रशेखर रस्तोगी, जिपी दाहाल, राजेश ठाकुर लगायतले कविता, गीत, गजल, हाइकू, लघुकथा सुनाएका थिए । बुढ्यौली उमेरमा प्रवेश गरेका साहित्यकारहरुले आफ्नो समूह नै बनाएर आफ्ना दुख, पीडा, अनुभव, उपलब्धी र योगदानलाई साहित्यमार्फत नै व्यक्त गर्ने र अरुलाई समाजमा जागरण ल्याउने अभियान नै सञ्चालन गरेका छन् । मकवानपुरका बुढ्यौली साहित्यकारहरुले छिमेकी जिल्लाका बुढ्यौली उमेरका साहित्यकारलाई पनि सक्रिय गराउने प्रयास गरिरहेका छन् ।

Exit mobile version