Home कला साहित्य संगमद्वारा ९ जना कृतिकार सम्मानित

साहित्य संगमद्वारा ९ जना कृतिकार सम्मानित

कृतिकारलाई सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः साहित्य सङ्गम मकवानपुरको ३३५ औं नियमित सन्ध्या शनिबार सम्पन्न भएको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा नवराज शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्य एवम् हरिकृष्ण काफ्लेको विशिष्ट आतिथ्यमा नियमित साहित्य सन्ध्या भएको हो ।

कार्यक्रममा २०७९ सालमा कृति प्रकाशन गर्ने ९ जना कृतिकारलाई सम्मान गरिएको छ । २०७९ सालमा प्रकाशित छेलिएका अनुहार कृतिका लागि प्रताप विष्ट, मानचित्रमा देश, अक्षर र आराधना कृतिका लागि मसान उपासक, शिक्षकको भाषा कृतिका लागि छवि अनित्य, खुसी कृतिका लागि किसन पौडेल, तिलगङ्गा गोविन्द कृतिका लागि सुभाषचन्द्र पौडेल भीमफेदीया, कोरिएका धर्साहरू कृतिका लागि ऋत्विक् के.बी, अभियुक्त समय कृतिका लागि समर्पण न्यौपाने, कठघरमा देश, मकवापुरका काव्यः अवलोकन र अध्ययन कृतिका लागि बिर्खे अन्जान, छैन कसोरी तिमी कृतिका लागि पुरुषोत्तम आचार्यलाई सम्मान गरिएको हो ।

नियमित साहित्य सन्ध्यामा ३५ वटा रचना वाचन गरिएको थियो । नियमित सन्ध्यामा वाचन गरिएको रचनामाथि शान्ति प्रियवन्दनाले समीक्षा एवम् विश्लेषण गर्नुभयो । कार्यक्रममा सल्लाहकार सुवास खनाल र श्यामकुमार बानियाँले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Exit mobile version