हेटौँडाः मकवानपुर प्रहरीले लागुऔषसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजबिराजका २४ वर्षीय मोहम्मद सोनु खान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शुक्रबार राति ९ बजेर ४० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा गाईघाटबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९८२३ नम्बरको यात्रुबाहक बसको सुरक्षाजाँँच गर्ने क्रममा बसमा सवार खानको साथबाट लागुऔषध बरामद गरेको हो । उनको साथबाट प्रहरीले लागुऔषध नाईट्राजेपाम १ सय ५२ पिस र ट्रामाडोल ५ पिस बरामद गरेको छ । बरामद भएको लागुऔषधसहित खानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।