Home कला लघुकथा दिवसमा हेटौँडामा लघुकथा वाचन

लघुकथा दिवसमा हेटौँडामा लघुकथा वाचन

कथावाचन कार्यक्रममा सहभागीहरु ।

हेटौँडाः लघुकथा दिवसको अवसरमा हेटौँडामा लघुकथा वाचन कार्यक्रम भएको छ । सोमबार (भदौ ५ गते) लघुकथा दिवसको अवसरमा लघुकथा चौतारी मकवानपुरले हेटौँडा–४ स्थित चिल्ड्रेनपार्कको पुस्तकालयमा लघुकथा वाचन कार्यक्रमको आयोजना गरेको हो । लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेलको सभाध्यक्षमा भएको सुन्ने सुनाउने अभियानको चौथो शृङ्खलामा मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष नियात्राकार रमेशमोहन अधिकारी, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौला, चिल्ड्रेनपार्क टोल विकास संस्थाका अध्यक्ष एवम् मुक्तककार गणेशकुमार श्रेष्ठ, महाकाव्यकार मुना धिताल, लघुकथाकार अनन्तराज उपाध्याय, साहित्यकार राम कुमार बिस्ट अङ्कल, समाजसेवी बद्री लम्सालको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version