Home मुख्य समाचार बालिकामाथि विद्यालय बसका सहचालकको दुर्व्यवहार

बालिकामाथि विद्यालय बसका सहचालकको दुर्व्यवहार

हेटौंडाः हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा २ कक्षामा अध्ययनरत ८ वर्षीया बालिकामाथि विद्यालयको बसका सहचालकले यौन दुर्व्यवहार गरेका छन्। घरबाट विद्यालय जान बस चढेकी बालिकालाई सहचालकले बसमै यौन दुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ।

साउन १५ गतेका दिन बिहान बालिकामाथि यौन दुर्व्यवहार भएको उजुरी पछि प्रहरीले सहचालकलाई शनिबार पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ। प्रहरीले सहचालकको नाम भने सार्वजनिक गरेको छैन।

Exit mobile version