Home मुख्य समाचार स्व. प्रदीप गिरीको अस्तु पावन यात्रा हेटौंडामा

स्व. प्रदीप गिरीको अस्तु पावन यात्रा हेटौंडामा

हेटौँडाः नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको अस्तु पावन यात्रा हेटौंडा आइपुगेको छ । काठमाडौंबाट सुरु भएको गिरीको अस्तु भदौ ५ गते भारतको तीर्थस्थल वनारसमा विर्सजन गर्ने कार्यक्रम रहेको छ । सोही क्रममा प्रतिनिधि मण्डलसहितको टोली शनिबार साँझ हेटौंडा–२ स्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आइपुगेको हो ।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा स्वर्गीय नेताले नेपाली समाज र राजनीतिमा पु¥याएको योगदानको कांग्रेस केन्द्रीय सदस्य गुरु बराल, काँग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल ‘माइकल’, प्रतिनिधि मण्डल सदस्य रामपल्टन साहले चर्चा गर्नुभएको थियो । गिरीलाई बहुमुखी प्रतिभाशाली, बौद्धिक व्यक्तित्व, चिन्तक तथा प्रखर र प्रभावशाली वक्ताका रुप चिनिथ्यो । आफ्नै पार्टीका शक्तिशाली नेताहरूसँग पनि निर्भिकता साथ कुरा राख्न सक्ने नेताको रुपमा उहाँको चर्चा नेपाली राजनीतिमा हुने गरेको छ ।

Exit mobile version