Home मुख्य समाचार ३९ जनाले रक्तदान गरे

३९ जनाले रक्तदान गरे

फाइल तस्वीर

हेटौँडाः हेटौँडा–७, नागस्वतीस्थित नेपाल रेडक्रस सोसाइटी नागस्वती उपशाखाको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् । उपशाखाका सभापति हरिगोपाल सापकोटाको अध्यक्षता तथा वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा निवर्तमान वडाअध्यक्ष राजन थापाको पनि उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । लगातार कार्यक्रम भइरहेकाले रगतको मागअनुसार सहजरुपमा वितरण भइरहेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । भदौ ९ गते अटो मोवाइल एसोसिएसनले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

Exit mobile version