Home खेलकुद तेक्वान्दोका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

तेक्वान्दोका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

हेटौँडाः १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गर्दै मकवानपुर जिल्लाका तेक्वान्दो खेलाडीहरु छनोेट गरी बन्द प्रशिक्षणमा राखिने भएको छ । आगामी भदौ १ र २ गते हेटौँडा–४, कर्रास्थित कभर्ड हलमा मकवानपुुर जिल्लाभरका उत्कृष्ट खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिने मकवानपुुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा तेक्वान्दो प्रशिक्षक माधव कोइरालाले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाबाट ३ महिनादेखि ६ महिनाको हाराहारीमा उत्कृष्ट खेलाडीहरु छनोट गरी बन्द प्रशिक्षणमा राख्न लागिएको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मकवानपुर जिल्लाबाट करिब ४ सय जना खेलाडीहरुको सहभागिता रहने र त्यसमध्ये उत्कृष्ट ४० जना खेलाडीहरुलाई छनोट गरी बन्द प्रशिक्षणमा राखिने कोइरालाको भनाइ छ । बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई जिल्ला तेक्वान्दो कार्यसमितिको नेतृत्वमा फिजिकल, स्टामिना, प्याडिङ, रनिङ, रिल्याक्स, फाइटिङ, पुम्से तालिम दिन लागेको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो ।

Exit mobile version