Home मुख्य समाचार गुरुपूर्णिमाका दिन शिक्षकलाई सम्मान

गुरुपूर्णिमाका दिन शिक्षकलाई सम्मान

सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले शिक्षक सम्मान कार्यक्रम गरेको छ । नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिको निर्देशनअनुसार गुरु पूर्णिमाका अवसरमा देशभरका जिल्ला समितिहरूले आआफ्ना जिल्लामा गुरु दिवस मनाएका छन् ।

नेपाल निवृत्त शिक्षक समाज मकवानपुरमा आवद्ध सेवा निवृत्त शिक्षकहरूमध्ये ज्येष्ठताका आधारमा संस्थाका तर्पmबाट देवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद धिताल, शम्भुप्रसाद पौडेल र नवराज लम्साल गरी चार जनालाई सम्मान गरिएको छ । यसैगरी माध्यमिक तहबाट सेवानिवृत्त नेपाली भाषा शिक्षक ध्रुवकुमार भुजेललाई रमेशमोहन अधिकारीद्वारा उहाँका आमा–बुबाका नामबाट स्थापित शिव–सावित्री निवृत्त नेपाली भाषा शिक्षक सम्मान–२०८० अर्पण गरिएको छ ।

भुटनदेवी मावि हेटौँडाको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक सङ्घ मकवानपुरका अध्यक्ष गणेश हुमागाईँ, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्ग पुलामी तथा कानुनी सल्लाहकार अरुण कुमार खतिवडाले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शिवदयाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।

Exit mobile version