Home मुख्य समाचार मनकामना माविमा गणित दौड

मनकामना माविमा गणित दौड

मनकामना माविमा पुरस्कार वितरणपछि सामूहिक तस्वीर खिचाउँदै।

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ स्थित मनकामना माध्यमिक विद्यालयमा शुक्रबार अतिरिक्त क्रियाकलापअन्तर्गत गणित दौड प्रतियोगिता भएको छ । विद्यार्थीहरुका मनोरञ्जन तथा गणित विषय प्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले गणित दौड प्रतियोगिता गराएको सहायक प्रधानाध्यापक सविता तिमल्सिनाले जानकारी दिनुभएको छ ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार कक्षा ६, ७, ८, ९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो । यसैबीच विद्यालयले शुक्रबार दिवा खाजामा मौसमी फल आँप खुवाएको छ । १० कक्षासम्म पठनपाठन हुने मनकामना माविमा अतिरिक्त क्रियाकलाप विभागको बैठक अनुसार आइतबार के कस्तो क्रियाकलाप गर्ने भन्ने विषयमा छलफल गर्ने गरिएको सहायक प्रधानाध्यापक तिमल्सिनाले जानकारी दिनुभयो । अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सक्रिय सहभागिता रहेको बताइएको छ ।

Exit mobile version