हेटौँडाः टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रम सुरु भएको छ । साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन मंगलबार हेटौँडाको राप्तीनदी आसपासका क्षेत्रको सरसफाई गरिएको छ । सरसफाईमा जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, सुरक्षाकर्मी सहभागी थिए ।
यस्तै टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–११ को आयोजनामा मंगलबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–११, नवलपुरमा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । ५१औं विश्व वातावरण दिवसको सन्दर्भमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । वडा कार्यालयको सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

आइतबार यता दैनिकरुपमा रक्तदान कार्यक्रम भइरहेको छ । गणतन्त्र दिवसको अवसरमा आइतबार हेटौँडाको बुद्धचोकमा, सोमबार बागमती गाउँपालिकाको फापरबारीमा पनि रक्तदान कार्यक्रम भएको थियो । यस्तै बुधबार हेटौँडा–९ मा पनि रक्तदान कार्यक्रम हुँदैछ । विश्व सुसमाचार परमेश्वरको मण्डलीको आयोजनामा हेटौँडा–९ स्थित मण्डली परिसरमै बुधबार बिहान रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।