Home मुख्य समाचार धादिङमा एकैदिन ३ जनाको मृत्यु

धादिङमा एकैदिन ३ जनाको मृत्यु

गुगल तस्विर ।

हेटौँडाः धादिङ जिल्लामा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–३ मिशन होटेलमा अचानक बेहोस हुँदा एकजनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मृत्यु हुनेमा धादिङ खनियाँबास गाउँपालिका–४, दार्खा बस्ने २१ वर्षीया मनिषा दर्जी रहेको प्रहरीले जानकारी दिएको छ ।

दर्जी आइतबार मिशन होटेलमा संचालन हुने दलित सशक्तीकरणका लागि नीति तर्जुमा गोष्ठीमा सहभागी भएकी थिइन् । कार्यक्रम चलिरहेको बेला दर्जी अचानक बेहोस भएकी थिइन् । बेहोस दर्जीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–७, खानीखोलामा क्रेनले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम थर वतन नखुलेको अन्दाजी ३५ वर्षीया महिला रहेको प्रहरी जानकारी दिएको छ । आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा धुनिवेशी नगरपालिका–७ खानीखोलामा सडक मर्मत गर्ने क्रममा क्रेनले ठक्कर दिँदा महिला गम्भिर घाईते भएकी थिइन् । घाइते महिलालाई उपचारका लागि काठमाडौं लगिएकोमा उपचारको क्रममा बेलुका ८ बजेर ३० मिनेटको समयमा टिचिङ अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । क्रेन र अपरेटर प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै धादिङ जिल्लाकाको त्रिपुरासुन्दरी गाउँपालिका–३ हिलेमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ४१ वर्षीय भक्त बहादुर थामी रहेको प्रहरीले जानकारी दिएको छ । थामी आइतबार आफ्नै घरदेखि पर घाँस काट्न गएकोमा घर नफर्किएपछि श्रीमती खोजतलास गर्दै जाँदा हुतुरे खोल्सामा रहेको पानीमा डुबी बेहास अवस्थामा फेला परेका थिए । बेहोस थामीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएकोमा डाक्टरले मृत्य घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version