हेटौँडाः हेटौँडा–७, नागस्वतीस्थित समृद्ध युवा बचत कोषले स्नातक तहमा अध्ययनरत ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर सोमबार बिहान कोषको कार्यालयमा एक कार्यक्रमका बीच हेटौँडा क्याम्पस प्रमुख देवचन्द्र मानन्धरलाई छात्रवृत्ति रकम ३३ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
कोषले ६ जना विद्यार्थीलाई ५ महिला बराबरको शिक्षण शूल्क छात्रवृत्तिस्वरुप सहयोग गरेको हो । समृद्ध युवा बचत कोषले बचत तथा ऋणको कार्य गर्नुका साथै पुस्तकाल समेत सञ्चालन गर्दै आएको छ । कोषका अध्यक्ष दिपेश लामिछानेको अध्यक्षता तथा ७ नम्बर वडाका निवर्तमान अध्यक्ष राजन थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । यसअघि कोषले चन्द्रोदय र नवज्योति माविका विद्यार्थीलाई पनि शैक्षिक सामग्री सहयोग गरेको थियो ।
