Home खेलकुद ‘७’ ए साइड फुटबलको उपाधि फुटबल एकेडेमी निलोलाई

‘७’ ए साइड फुटबलको उपाधि फुटबल एकेडेमी निलोलाई

उपविजेता समुह ट्रफि लिदै ।

हेटौँडाः महिला ‘७’ ए साइड फुटबल प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमी निलो समूह विजयी भएको छ । हेटौँडामा जारी महिला खेल महोत्सवको अन्तिम दिन शनिबार भएको खेलमा योङ लेडी फुटबल समूहलाई टाईब्रेकरमा २–१ ले पराजित गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी पछि खेल टाईब्रेकरमा धकेलिएको थियो । प्रतियोगितामा विजेता बनेको फुटबल एकेडेमी निलो समूहले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, भने उपविजेता योङ लेडी फुटबल समूहले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

Exit mobile version