Home मुख्य समाचार वडा कार्यालयको भवन उद्घाटन

वडा कार्यालयको भवन उद्घाटन

मनहरी गाउँपालिका १ नम्बर वडाको भवन उद्घाटन गर्नुहुँदै बानियाँ ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकाको १ नम्बर वडा कार्यालयको भवन उद्घाटन भएको छ । बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसको बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले बुधबार भवनको उद्घाटन गर्नुभएको छ ।

भवन उद्घाटनपछि प्रदेश सभा सदस्य बानियाँले वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा वडाका काम कारबाही सम्पादन गर्न सहज एवम् व्यवस्थित हुने बताउनुभयो । उहाँले नयाँ भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । बानियाँले मनहरीको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईं, कृषि तथा पशुपालनलगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट विगतमा पनि प्राथमिकताका साथ बजेट विनियोजन भएको बताउनुहुँदै आगामी आर्थिक वर्षमा पनि प्राथमिकता दिइने जानकारी गराउनुभयो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकाबाट भएका कार्य सम्पादनबारे जानकारी गराउनुभयो । १ करोड ३४ लाख रुपैयाँ लागतमा ९ कोठे भवन निर्माण गरिएको वडा अध्यक्ष शिव खनालले जानकारी दिनुभयो ।

Exit mobile version