हेटौंडाः बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी परेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
प्रदेश प्रमुख शर्माले सोमबार एक सूचना जारी गर्दै मन्त्री लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी थप भएको जानकारी गराउनुभयो । मन्त्री लामाले कंग्रेसबाट एक महिनाअघि आर्थिक मामिला तथा योजना मन्त्रीको कार्यभार समाल्नु भएको थियो ।
कांग्रेसले बागमती प्रदेश सरकारको ६ मन्त्रालयमा दावी गरेको भए पनि ५ मन्त्रालय पाएको छ । बजेट निर्माणको बेला मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको जिम्मेवारी लामालाई दिनुभएको हो ।
