Home मुख्य समाचार पौडि खेल्ने क्रममा बेपत्ता भएका परियार मृत फेला

पौडि खेल्ने क्रममा बेपत्ता भएका परियार मृत फेला

साङ्केतिक तस्विर

हेटौंडाः धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३ करङखोलामा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका–र्३ घर भई हाल धादिङ बेनिघाट रोराङ–३ मलेखु बस्ने १७ वर्षीय सन्दिप परियार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

परियार वैशाख १२ गते मंगलबार त्रिशुली नदिमा पौडि खेल्ने क्रममा हराई बेपत्ता भएका थिए । बेपत्ता परियार शनिबार बिहान ११ बजेर ३० मिनेटमा त्रिशुली नदि किरानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पोष्टमार्टम पश्चात शव आफन्तले बुझि लिएको प्रहरीले जनाएको छ ।

Exit mobile version