Home मुख्य समाचार पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

साङ्केतिक तस्विर

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–७, हात्तिखोला नजिकै सार्वजनिक जग्गामा सिँचाईका लागि खनिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजेर २० मिनेटको समयमा स्थानीय ११ वर्षीया बिनिता राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । पोखरीमा डुबेर अचेत अवस्थामा उद्दार गरिएकी राईलाई उपचारका लागि बकैया आधारभूत स्वास्थ्य केन्द्र छतिवनमा पुर्याउँदा चिकित्सकले राईलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

Exit mobile version