Home अर्थ/व्यापार लेखापढी व्यवसायीको शिखरकोट इकाईमा जेयो

लेखापढी व्यवसायीको शिखरकोट इकाईमा जेयो

लेखापढी तथा कानुन व्यवसायी एसोसिएसन शिखरकोट इकाई समितिका नवनिर्वाचित पदाधिकारीहरु ।

हेटौंडाः नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन शिखरकोट इकाई समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार भएको छ । इकाई अध्यक्ष राम प्रसाद गोपालीको अध्यक्षता तथा केन्द्रीय सचिव आत्माराम मुक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनबाट जेयो तामाङको अध्यक्षतामा सात सदस्यीय नयाँ समिति गठन गरेको छ ।

मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाको शिखरकोट इकाई समितिको उपाध्यक्षमा कृष्ण बलामी, सचिबमा उपेन्द्र केसी, सहसचिबमा झर्ना गोपाली र कोषाध्यक्षमा शर्मिला जिम्बा चयन हुनुभएको छ । यस्तै सदस्यमा भिम बहादुर स्याङ्तान र विश्वास केसी चयन हुनुभएको निर्वाचन संयोजक प्रकाश लामा थोकरले जानकारी दिनुभएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सचिब खिल प्रसाद गौतम, प्रदेश अध्यक्ष महालक्ष्मी श्रेष्ठ, मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष पूर्ण प्रसाद अर्याल, हेटौंडा इकाईका उपाध्यक्ष तेजराज पाण्डे, अदालत इकाई अध्यक्ष तेज कुमारी थापा, शिखरकोट मालपोतका रामचन्द्र लामाको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version