Home खेलकुद बारासँग मकवानपुर पराजित

बारासँग मकवानपुर पराजित

खेल सुरु हुनुअघि बाराका क्याप्टेन (बायाँ), म्याच रेफ्री र मकवानपुरका टिम क्याप्टेन सुमन सुनार (दायाँ) फोटो खिचाउँदै ।

हेटौंडाः मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित मेयर कप टि–२० क्रिकेट प्रतियोगितामा मकवानपुर बारा जिल्लाको क्रिकेट टिमसँग पराजित भएको छ । मकवानपुर बारासँग २० रनले पराजित भएको मकवानपुर क्रिकेट संघका सचिव विनोद बानियाँले जानकारी दिनुभयो ।

टस जितेर बाराले पहिले व्याटिङ गरेको बाराले मकवानपुरलाई २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रनको रक्ष्य दिएको थियो । जवाफी व्याटिङ गरेको मकवानपुर ९ विकेटको गुमाएर १ सय २४ रनमा समेटियो । मकवानपुरका लागि गौरव खड्काले २० रन, शुभ कंशकार, असिम श्रेष्ठ र सुमन सुनारले १७–१७ रन बनाए । यस्तै रामनरेश गिरीले १५ रन बनाए । बाराका लागि शाहिल पटेलले सर्वाधिक ४१ रन बनाए ।

प्रतियोगितामा सहभागी १२ वटा टिमलाई ४ वटा समूहमा विभाजन गरी लिग–कम–नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा मकवानपुरको समूहमा बारा र रौतहट रहेको छ । मकवानपुरले लिग चरणको दोस्रो खेल भोलि शनिबार रौतहटसँग खेल्नेछ । समूह चरणको खेलको समाप्तिपछि शीर्षस्थानमा रहने टिमले सिधै सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगितामा जनकपुरधाम, महोत्तरी, सिराहा, काठमाडौं, सप्तरी, पोखरा, पर्सा, सर्लाही र विराटनगरको टिम सहभागी छ । प्रतियोगिताको फाइनल खेल बैशाख १ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख ५१ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Exit mobile version