हेटौंडाः मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–२ मा लागुऔषध चरेससहित १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकवानपुर जिल्लाको थाहा नगरपालिका(७ महादेबखर्कका ३१ वर्षीय राजकुमार स्याङ्तानको सुरक्षाजाँच गर्दा लागूऔषध चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
स्याङ्तानको साथबाट प्रहरीले ८ केजी लागुऔषध चरेस बरामद गरेको छ । प्रहरीले लागुऔषध चरेससहित स्याङ्तानलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
