
हेटौंडाः त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत क्याम्पसहरुमा संगठन दर्ताको प्रक्रिया सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० बजेदेखि दिनको ३ बजेसम्म दल दर्ता गराउनुपर्नेछ ।
मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा, क्याम्पस, वनविज्ञान क्याम्पससहित आधा दर्जनभन्दा बढी क्याम्पसहरुमा स्ववियु निर्वाचनका लागि दल दर्ताको प्रक्रिया हुँदैछ ।