हेटौंडाः हेटौंडा–६, चौघडास्थित सुनगाभा शिक्षा निकेतनको २३ औं अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । अभिभावक दिवसको अवसरमा विद्यालयले ५ जना अभिभावकलाई सम्मान गरेको छ । विद्यालयले अभिभावकहरु सुनिता क्याप्चाकी, विनोद सापकोटा, अर्चना तिमल्सिना, शोभा घिमिरे र गीता ढकाललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाको प्रमुख आतिथ्यमा विद्यालय परिसरमै अभिभावक दिवस समारोह भएको हो । विद्यालयले प्रिन्सीपल अरुण पराजुली, शिक्षक सुस्मिता न्यौपाने, प्रसन्ना रिजाल र कार्यालय सहयोगी चण्डिका ढकाललाई दीर्घसेवा गरेवापत सम्मान गरेको छ । यस्तै शिक्षकहरु रचना बज्राचार्य, निमा थापा, मुना बिक, एसइइमा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी अविन सापकोटा, कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी रस्मिता सुवेदी, सौगात थापा दिवस सञ्जेललाई सम्मान गरेको छ । यस्तै विद्यालयले समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ र सञ्चारकर्मी भीमसेन पौडेललाई सम्मान गरेको छ ।
अभिभावक दिवसमा विद्यार्थीले शैक्षिक प्रदर्शनी समेत गरेका थिए । विद्यार्थीले नृत्य, गायन, उद्घोषण तथा नाट्यकला प्रस्तुत गरेका छन् । कार्यक्रममा विद्यालयका निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, उपाध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
