Home मुख्य समाचार करेन्ट लागेर किशोरीको मृत्यु

करेन्ट लागेर किशोरीको मृत्यु

गुगल तस्विर ।

हेटौंडाः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३, गुम्बा याङ्सा मानेडाँडामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।

सोमबार बिहान ११ बजेको समयमा आफ्नै बारीमा आलु रोप्ने क्रममा ११ हजार भोल्टेजको प्रसारण लाईनको बिजुलीको पोलमा छुँदा करेन्ट लागेर १४ वर्षीया नुर्जी वाङ्मु तामाङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । नुर्जीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल चौतारा पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version