Home शिक्षा तासिर स्कूलको अभिभावक दिवस सम्पन्न

तासिर स्कूलको अभिभावक दिवस सम्पन्न

अभिभावक दिवसमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेण्डरी स्कूलको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठ्ठे बहादुर कार्कीको अध्यक्षता तथा बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा अभिभावक दिवस कार्यक्रम भएको हो । मन्त्री श्रेष्ठले रोबोटद्वारा रिबन काटेर वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो ।

विद्यालयका संस्थापक राजन थापा र प्रिन्सीपल विनोद थपलियाले विद्यालयमा भइरहेका क्रियाकलाप र भावी योजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीले साँस्कृतिक प्रतिभा प्रस्तुत गरेका छन् । विद्यालयले बर्ष शिक्षकका रुपमा दीपा महत, सरल गौतम र सृजना तामाङ, अभिभावक अन्जना चौलागाई, कार्यालय सहयोगी सीता खत्रीलाई सम्मान गरेको छ । यस्तै विद्यालयले विद्यार्थीलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version