Home खेलकुद कलैया टी–२० मेयर कपः फाइनलमा मकवानपुर पराजित

कलैया टी–२० मेयर कपः फाइनलमा मकवानपुर पराजित

हेटौंडाः मकवानपुर क्रिकेट टिम बारा जिल्लाको कलैयामा शनिबार सम्पन्न कलैया टी–२० मेयर कपको फाइनलमा पराजित भएको छ । शनिबार भएको फाइनल खेलमा मकवानपुर पर्साको वीरगंज क्रिकेट टिमसँग २३ रनले पराजित भएको हो ।

उपाधि विजेता वीरगंजले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको मकवानपुरले ३० हजार रुपैयाँ चित्त बुझाएको छ । टस जितेर पहिले व्याटिङ गरेको वीरगंजले २० ओभरको खेलमा ९ विकेट गमाएर १ सय ४१ रन बनायो । वीरगंजका सुरज पटेलले ४८ बलमा ४९ रन बनाए । खेलको म्यान अफ द म्याच पटेल घोषित भए ।

जवाफी व्याटिङमा उत्रिएको मकवानपुरले १९.४ ओभरमा १० विकेट गुमाउँदै १ सय १८ रन मात्र बनायो । मकवानपुरका लागि सूवर्ण भट्टले २२ बलमा २८ रन, सक्षम बास्ताकोटीले १६ बलमा २५ र गौरव खड्काले ३० बलमा २२ रन बनाए । मकवानपुरका रिजन ढकाल र समीर चौलागाईले समान २–२ विकेट तथा विशाल फुयाँलले १ विकेट लिए ।

Exit mobile version