Home मुख्य समाचार युवाले देशका लागि सपना देख्नुपर्छः एमाले महासचिव पोखरेल

युवाले देशका लागि सपना देख्नुपर्छः एमाले महासचिव पोखरेल

युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा एमाले महासचिव शंकर पोखरेल ।

हेटौंडाः नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवाले देशका लागि सपना देख्नुपर्ने बताउनुभएको छ । शुक्रबार हेटौंडामा आयोजित नेकपा एमाले निकट राष्ट्रिय युवा संघको तेस्रो केन्द्रीय कमिटीे बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । समाजलाई बदल्न युवाको भूमिका महत्वपूर्ण रहने भएकाले युवाले देशका लागि सपना देख्नुपर्ने उहाँले बताउनुभयो ।

युवाहरु संगठनमा लागेर देशका लागि केही गर्न चाहेमा सम्भव हुने उहाँको भनाइ छ । कुनै एक व्यक्तिको नेतृत्वले मात्र समाज परिवर्तन नहुने बताउनुहुँदै देश परिवर्तनका लागि संगठनको आवश्यक पर्ने बताउनुभयो । युवाले नीति र सिद्धान्तका आधारमा समाजप्रति गहिरो अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । पुँजीको अभावमा कुनै युवा अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो ।

नेपालमा रोजगारको उपलब्धता नहँुदा युवाहरु विदेशमा जाने गरेको र देशमा परिवर्तन हुन नसकिरहेको उल्लेख गर्नुहुँदै उहाँले संगठन पेशाका लागि नभई समाज परिवर्तनका लागि बनाउनुपर्ने बताउनुभयो । युवा आन्दोलनबाट समाजमा परिवर्तन ल्याउन समय र नेतृत्व दिन सक्ने युवाहरु संगठनमा बस्नुपर्ने उहाँको धारणा थियो ।

Exit mobile version