हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–५ मा बेवारिसे अवस्थामा लागूऔषध गाँजा फेला परेको छ । प्रहरीले माघ १५ गते आइतबार करिब ७ बजेको समयमा बम्किङ डाँडाको खोल्सिमा ४ वटा बोरामा लागूऔषध गाँजा फेला पारेको हो ।
लागूऔषध गाँजा लुकाई छिपाई राखेको खबर प्राप्त हुनासाथ प्रहरी निरक्षकको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले बोराभित्र ८५ किलोग्राम गाँजा फेला पारेर स्थानीयको रोहोवरमा ईलाका प्रहरी कार्यालय मनहरी ल्याएको जनाएको छ । गाँजा कस्ले राखेको भन्ने नखुलेको र अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
