Home मुख्य समाचार कैलाश गाउँपालिकामा एक जनाको शव फेला

कैलाश गाउँपालिकामा एक जनाको शव फेला

गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका –६ पकनेस्थित मराङसिङमा बिर बहादुर भ्लोनको बारीमा एक जनाको शव फेला परेको छ । शव धादिङ गजुरी–४ स्थित भुमिढुङ्गा बस्ने २२ वर्षिय शंकर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त शव नजिकै बिषादिको बट्टा फेला परेको प्रहरीले जनाएको छ । यद्यपी घटना स्थल सुरक्षित राखि घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

Exit mobile version