हेटौंडाः मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दीपकबहादुर सिंह उर्जा राज्यमन्त्री बन्नु भएको छ । उहाँलाई मंगलबार प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएसँगै सिंह उर्जा राज्यमन्त्री बन्नु भएको हो । राप्रपाबाट उपप्रधान सहित उर्जा मन्त्रीमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन बन्नु भएको छ ।
