Home मुख्य समाचार सभामुख पाठकले ३ बजे सपथ लिँदै

सभामुख पाठकले ३ बजे सपथ लिँदै

बागमती प्रदेशको सभामुखमा निर्वाचित राप्रपाका भुवन पाठक ।

हेटौंडाः बागमती प्रदेशको सभामुखमा निर्वाचित भुवन कुमार पाठकले आज शुक्रबार दिउँसो ३ बजे सपथ लिने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएको राप्रपाका भुवन पाठकले ६२ मतसहित बहुमतको आधारमा सभामुखमा निर्वाचित हुनु भएको हो ।

सभामुख पाठकलाई बागमती प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादबचन्द्र शर्माले सपथ ग्रहण गराउनुहुनेछ । सभामुख निर्वाचन भएपछि पत्रकारसँग कुरा गर्दै उहाँले प्रदेशमा पारदर्शिता, तटस्थता र निष्पक्षतामा प्राथमिकतामा राखेको बताउनुभयो । बागमती प्रदेश भित्रका सबै जातजाती, भाषाभाषीहरुको समेत सहभागिता प्रदेशमा हुने गरी काम गर्ने उहाँले स्पष्ट पार्नुभयो । राजनीतिक दलको रुपमा रहेको भूमिकामा परिवर्तन आएको भन्दै उहाँले नयाँ जिम्मेवारीसँगै राजनीतिभन्दा माथि उठ्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, “सरकार सत्ता पक्षको हुन्छ र संसद प्रतिपक्षको हुन्छ । त्यसमा मेरो विशेष चासो हुन्छ । प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरुलाईं मिलाएर अगाडि बढ्छु ।” बागमती प्रदेश राजधानीसँग जोडिएको प्रदेश भएकोले प्रदेश भित्रका सबै जातजाती, भाषाभाषीहरुको समेत सहभागिता हुने गरी काम गर्ने योजनामा रहेको बताउनुभयो ।

Exit mobile version