Home मुख्य समाचार पिकअप गाडी अनियन्त्रित हुँदा दुर्घटना

पिकअप गाडी अनियन्त्रित हुँदा दुर्घटना

सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा ८ कर्रा पुल नजिक पूर्व पश्चिम सडक खण्डमा बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ४ च ४७८ नम्बरको फलाम लोड भएको योद्ध पिकअप गाडी आफैं अनियन्त्रित भई दुर्घटना भएको छ । बिहीबार राती साढे ७ बजेको समयमा गाडी अनियन्त्रित हुँदा एक जना मानिससहित दुई वटा मोटरसाइकललाई ठक्कर दिएको छ ।

दुर्घटनामा पिकअप गाडीले सडक छेउमा पार्किङ गरी राखेको ना १० प २२८०, बागमती प्रदेश ०३००४ प ३७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई ध्रुब बहादुर थापा क्षेत्रिको घरमा समेत ठोक्किएको थियो । यस्तै, सोही गाडीले थापाको घरमा बसिरहेको भारत बलिया घर भई हाल हेटौंडा–९ मा डेरा गरी बस्ने ३३ वर्षीय राजेश शर्मालाई समेत ठक्कर दिएको छ ।

गाडीको ठक्करबाट शर्माको ढाँड र छातीमा चोट लागेर उपचारको लागि हेटौंडा अस्पताल पठाईएको छ । दुर्घटनापश्चात् पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक सुमन बानियाँको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । तीन वटै सवारी साधन घटना स्थलमा रहेको र बाटो अबरोध नभएको प्रहरीले जनाएको छ ।

Exit mobile version