Home मुख्य समाचार उर्जा र जलवायु सम्बन्धि छलफल सुरु

उर्जा र जलवायु सम्बन्धि छलफल सुरु

छलफलमा सहभागीहरु ।

हेटौंडाः नेपाल वातावरण पत्रकार समूहको आयोजनामा हेटौंडामा उर्जा र जलवायु सम्बन्धि छलफल सुरु भएको छ । वातावरण रिपोर्टिङ कम हुँदै गएको अवस्थामा शुक्रबार सञ्चारकर्मीहरुबीच छलफल सुरु भएको हो ।

छलफलमा नेपाल वातावरण पत्रकार समूहका उपाध्यक्ष गोपाल तिवारीले वातावरणको अवस्थाबारे सहजीकरण गर्नुभयो । यस्तै प्रकृति रिर्सोसेच सेन्टरका कार्यक्रम संयोजक प्रदिप भट्टराईले वातावरणसँग किन र कसरी उर्जा जोडिने भन्ने विषयमा सहजीकरण गर्नुभयो । उहाँले बागमती प्रदेशमा उर्जा र जलवायूको अवस्थाबारे जानकारी गराउनुभयो । जसमा ९५ दशमलव ९१ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच रहेको उहाँको भनाइ छ । उहाँका अनुसार घरभित्र हुने प्रदुषणले २०१६ को तथ्यांकअनुसार २० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बाहिरी दुलो र गाडीको प्रदुषणले समेत वातावरण प्रदुषण भइरहेको उहाँको भनाइ छ । उहाँले मकवानपुर, चितवन र सिन्धुपाल्चोक जिल्लामा बर्षातको अवस्थाले प्रक्षेपणमा असर पारेको जानकारी दिनुभयो ।

यसैगरी पत्रकार रामकुमार एलानले स्वागत मन्तव्य राख्नुहुँदै हेटौंडामा समेत घरबाट निस्किएको फोहोरको व्यवस्थापन उपमहानगरले गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुव अधिकारी लगायतको जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको छ ।

Exit mobile version