Home मुख्य समाचार राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति कारवाहीमा

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति कारवाहीमा

हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई पार्टी केन्द्रले कारवाही गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका महामन्त्री एवम् प्रवक्ता डा। मुकुल ढकालले आइतबार राजकुमार न्यौपानेलाई निर्देशनात्मक पत्र लेखेर पार्टीको जिल्ला सभापतिको रुपमा काम नगर्न निर्देशन दिएको छ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा न्यौपानेको क्रियाकलाप र आचरणको विषयमा पार्टीको जिल्लास्थित विभिन्न तहका पदाधिकारीको गुनासो, उजुरी तथा कारवाहीको मागका आधारमा आवश्यक छानविन, अनुसन्धान गरी अन्तिम निर्क्यौल नभएसम्म पदीय हैसियतले कुनै गतिविधि, कार्यमा संलग्न नहुन भनिएको छ।

Exit mobile version