Home मुख्य समाचार मोटरसाइकल दुर्घटनामा २ जना घाईते

मोटरसाइकल दुर्घटनामा २ जना घाईते

सांकेतिक तस्वीर ।

हेटौंडाः आइतबार राति ९ बजेको समयमा हेटौंडा ६ रंगशाला स्थित धरान–चतरा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । हर्नामाडिबाट चौघडातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ प १०९३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

मोटरसाइकल दुर्घटनामा चालक सुर्खेत बिरेन्द्र नगर नगरपालिका ३ बस्ने २० वर्षीय अविनास प्याकुरेलको टाउको र अनुहारमा चोट लागेको छ । प्याकुरेललाई हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात् भरतपुर रिफर गरिएको छ । यस्तै, मोटरसाइकलको पछाडि सवार रुकुमको मुसिकोट नगरपालिका ४ बस्ने २० वर्षीय बिजय लामाको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ । विजय लामाको हेटौंडा अस्पतालमा नै उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डमा प्रहरी खटिएर घटना स्थल पुगेको थियो । उक्त मोटरसाइकल प्रहरी चौकी चौघडाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुबै जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रहरीले उल्लेख गरेको छ ।

Exit mobile version