हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ भैंसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक त्रिभुवन राजपथ सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आइतबार बिहान ९ बजेर ५० मिनेटको समयमा हेटौंडाबाट दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई नालिमा दुर्घटना भएको हो ।
गाडी दुर्घटना भयो भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसेबाट प्रहरी सहायक निरीक्षक नविन सिंह राजपुतको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली खटिएको थियो । प्रहरीले गाडी चालक सहित ९/१० जना घाइतेलाई उद्धार गरी उपचारको लागि हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।
