Home मुख्य समाचार आज बागमती प्रदेश सभा सदस्यले सपथ लिने

आज बागमती प्रदेश सभा सदस्यले सपथ लिने

हेटौंडाः बागमती प्रदेश सभाका सदस्यले आज बिहीबार सपथ ग्रहण गर्दैछन् । प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले आज प्रदेश सभाका सदस्यलाई सपथ गराउनुहुनेछ ।

यसअघि बुधबार ढुंगानाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग सपथ ग्रहण गर्नुभएको थियो । नुवाकोट २ (१) बाट प्रत्यक्ष निर्वाचित ढुङ्गानाले प्रदेश सभाका सभामुख र उपसभामुख चयन नभएसम्म प्रदेश सभा बैठकको अध्यक्षता गर्नुहुनेछ ।

Exit mobile version