Home मुख्य समाचार काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित, बानियाँ पराजित

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित, बानियाँ पराजित

मन्त्री बहादुर सिंह लामा ।

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा नुवाकोटका बहादुर सिंह लामा निर्वाचित हुनुभएको छ । बुधबार बागमती प्रदेशसभास्थित संसदीय कार्यालयमा संसदीय नेता चयनका लागि भएको निर्वाचनमा इन्द्र बहादुर बानियाँलाई ५ मतले पराजित गर्नुहुँदै लामा संसदीय नेतामा चयन हुनुभएको हो ।

पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका लामाले २१ मत पाउनुभयो । पार्टी प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले १६ मत पाउनुभयो । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को २ बाट र बानियाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को २ बाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । काँग्रेस प्रदेश संसदीय दलको नेता चयनका लागि ३७ जना प्रदेश सभा सदस्यहरुले मतदान गरेका थिए ।

बहादुर सिंह लामाको प्रस्तावकमा प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले र समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहनुभएको थियो । अर्का उम्मेदवार बानियाँको प्रस्तावकमा प्रभात तामाङ र समर्थकमा छिरिङ दोर्जे लामा रहनुभएको थियो । संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी चुनाव गरिएको थियो ।

Exit mobile version