
हेटौंडाः हेटौंडामा मंसिर महिनामा १८ जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालमा गत मंसिर महिनामा २० वर्षभन्दा कम उमेरका १८ जना किशोरी आमा बनेको अस्पतालका मेडिकल रेकर्डर राजीव झाले जानकारी दिनुभयो ।
हेटौंडा अस्पतालमा मंसिर महिनामा ३ सय १८ गर्भवती सुत्केरी भएका छन् । २ सय २० जना सामान्य अवस्थामा सुत्केरी हुँदा ८८ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । १० जना गर्भवतीको जटिल अवस्थाका सुत्केरी गराइएको उहाँले जानकारी दिनुभयो ।