Home शिक्षा सुविधाबाट बञ्चित परिवारलाई शैक्षिक सामग्री सहयोग

सुविधाबाट बञ्चित परिवारलाई शैक्षिक सामग्री सहयोग

विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै ।

हेटौंडाः बैदेशिक रोजगारीका क्रममा पीडित बनेका परिवारका बालबालिकालाई हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ । सरकारी सुविधाबाट बञ्चित परिवारका ९ जना बालबालिकालाई आइतबार शैक्षिक सामग्री सहयोग गरिएको हो ।

दिगो आर्थिक श्रोतको जोहोका लागि बैदेशीक रोजगारीमा पुगेर वेपत्ता भएका, ज्यान गुमाएका र शारिरीक अशक्त परिवारका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । बैदेशीक रोजगार बिभाग र बोर्डबाट आर्थिक सहायता र राहतको सुचिमा नपरेका परिवारलाई मेयर मिनाकुमारी लामाले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । सुरक्षित बैदेशीक रोजगारीका लागि हेटौंडा उपमहानगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सन्दर्भ सहयोग गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको विभिन्न विद्यालयमा अध्ययनमा रहेका छात्रछात्रालाई अध्ययनमा सहयोगका लागि झोलासहित कापी कलम, कलर बक्स, जुत्तासहितको सामग्री बितरण गरिएको छ । सामग्री हस्तान्तरण गर्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख लामाले देशको आर्थिक श्रोतलाई बलियो बनाउनका लागि बैदेशिक रोजगारीमा गएका परिवारका बालबालिकालाई सहयोग गर्दा शैक्षिक गुणस्तरमा मद्दत पुग्ने बताउनुभयो । वैदेशीक रोजगारीको शिलशिलामा बेपत्ता भएका र शारिरीक रुपमा अशक्त भई काम गर्न नसक्ने अवस्थाका व्यक्तिको लागि सहयोगी बन्न उपमहानगर तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

पिडामा रहेका बालबालिकाको अध्यापन र शैक्षिक गुणस्तर बृद्धिमा सहयोग गर्न उपमहानगरपालिका तयार रहेको भन्दै नगर प्रमुख लामाले सँधै सहयोगी बनेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १६ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक रामकृष्ण कोइराला, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सीनाको उपस्थिती रहेको थियो ।

Exit mobile version