
हेटौंडाः अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा हेटौंडा–२ स्थित बालजागृति सेकेण्डरी स्कूलका विद्यार्थी प्रसिद्ध तिमल्सिना छनौट भएका छन् । शनिबार सम्पन्न स्क्र्याबलको ८ औं राष्ट्रिय प्रतियोगिताबाट कक्षा ८ मा अध्ययरत प्रसिद्ध छनौट भएका हुन् ।
नवलपरासी जिल्लास्थित गैंडाकोटमा भएको ८ औं राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा उत्कृष्ट हुँदै बालजागृतिका प्रसिद्ध अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको विद्यालयका कोअर्डिनेटर निरु अर्यालले जानकारी दिनुभयो । पोखरा स्क्र्याबल क्लबको आयोजना तथा गैंडाकोट इंग्लिस स्कूलको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।
राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा देशभरिका २७ जिल्लाका ९७ जनाको सहभागिता रहेको थियो । मकवानपुरबाट ६ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट २० मा पर्न सफल विद्यार्थीहरुलाई आगामी फेब्रुअरीमा बंगलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागी गराइने अर्यालले बताउनुभयो ।