Home मुख्य समाचार चौघडामा जुवा खेलिरहेका १८ पक्राउ

चौघडामा जुवा खेलिरहेका १८ पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति ११ बजेर ३० मिनेटको समयमा चौघडास्थित ध्रुव राईको घरमा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी चौघडाबाट प्रहरी नायव निरीक्षकको कमाण्ड र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट मुचुल्कासहितको थप टोली खटेर जुवा खेलिरहेको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट कौडा १७ थानसहित ३१ हजार ८ सय २० रुपैयाँ बरामद गरिएको जनाएको छ । जुवा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना पुरुष र घरबेटी १ जना गरी जम्मा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ। यसअघि प्रहरीले हेटौंडा(११, नवलपुरमा पनि जुवा खेल्ने समूहलाई पक्राउ गरेको थियो।

Exit mobile version