हेटौंडा, ८ बैशाखः लायन्स क्लब अफ मकवानपुर डायमडको नयाँ कार्य समिति चयन भएको छ । अनलाइनमार्फत आज भएको बैठकले क्लबको अध्यक्षमा गौतम केसी चयन हुनुभएको छ । गौतम यसअघिको कार्यकालमा उपाध्यक्ष रहनुभएको थियो । त्यस्तै समितिको उपाध्यक्षमा दिपेन्द्र यादव, सचिवमा इरोज न्यौपाने र कोषाध्यक्षमा मनिष घिमिरे चयन हुनुभएको छ । २० जनाको कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्य पछि चयन गरिने नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिनुभयो ।