Home खेलकुद पालिकास्तरीय रनिङ्ग शिल्ड फुटबलमा देवीडाँडा विजयी

पालिकास्तरीय रनिङ्ग शिल्ड फुटबलमा देवीडाँडा विजयी

खेलाडीलाई फुटबल हस्तान्तरण गर्दै ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधी देवीडाँडा युवा क्लबले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक गढी स्टार स्पोटर््स क्लबलाई ५–१ गोलले अन्तरले हराउँदै देवीडाँडा युवा क्लबले उपाधी जितेको हो ।

देवीडाँडा युवा क्लबले ७५ हजार रुपैयाँ नगद, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपबिजेता आयोजक गढी स्टार स्पोर्ट्स क्लबले ५० हजार रुपैयाँ नगदमा चित्त बुझाएको छ । यस्तै, प्रतिभा युवा क्लबले तेस्रो स्थान हातपारेको छ । प्रतिभा युवा क्लबले सौजन्य युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै २५ हजार रुपैयाँ नगद, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको हो ।

शनिबार बिहान भएको सेमिफाईनल खेलमा सौजन्य युवा क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै देवीडाँडा युवा क्लब फाईनल प्रबेश गरेको थियो । प्रतियोगितामा गढी स्टार स्पोर्ट्स क्लबका खेलाडी सरोज वाईबा सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सौजन्य युवा क्लबका सुजन भोम्जन सर्वाधिक गोलकर्ता तथा देवीडाँडा युवा क्लबका मनिष पाख्रीन उत्कृष्ट गोलरक्षक घोषित भएका आयोजकले जनाएको छ ।

खेलको समापन कार्यक्रममा विजेताहरुलाई गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दोर्जे लामा स्याङ्तानले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन, वडा अध्यक्षहरु भागवत घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version